काठमाडौं । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेल प्रदेश नं. १ र बागमती प्रदेशबीच हुने भएको छ ।
प्रदेश १ र बागमतीबीचको खेल मंगलबार टियु क्रिकेट मैदानमा हुने आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
एकदिवसीय फर्मेट तथा राउन्ड रोविनका आधारमा खेलाइने प्रतियोगितामा जम्मा ७ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताका खेलहरु टियु क्रिकेट मैदान तथा मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।
मंगलबार नै मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र लम्बिनी प्रदेशबीच खेल हुनेछ ।
प्रतियोगितामा सातवटै प्रदेशहरु– प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिीनी प्रदेश, प्रदेश नं. २, सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ ।
प्रतियोगिताको फाइनल खेल मंसिर १९ गते टियु मैदानमा हुनेछ ।
प्रतियोगिताको पुरस्कार राशी सार्वजनिक गरिएको छैन् ।
प्रतियोगिता अन्तर्गत टियु मैदानमा हुने खेलको प्रत्यक्ष प्रशारण डिस मेडिया नेटवर्कको एक्सन स्पोर्टसले प्रशारण गर्ने आयोजकले जनाएको छ ।