काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को साधारण सभा पुसमा हुने भएको छ ।
एनओसीको बुधबार बसेको बैठकले साधारण सभा पुस १३ गरे (डिसेम्बर २८) मा गर्ने निर्णय गरेको हो ।
कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बोर्ड बैठकले यो निर्णय गरेको हो ।
यस्तै बैठकले नेपाल स्पोर्टस लिडर मिट सन् २०२२ को जनवरीमा गर्ने निर्णय पनि गरेको छ ।
बैठकले सन् २०२२ को अप्रिल ६ मा बुद्ध जन्म भूमि लुम्बिनीमा वृहत अन्तर्राष्ट्रिय कार्यक्रम पनि गर्ने निर्णय पनि गरेको छ।
स्पोर्टस एन्ड डेभलपमेन्ट फर पिस डेको अवसरमा यो कार्यक्रम हुन लागेको हो । यस्तै नेपालले चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्टस गेम आयोजना गर्न प्रस्ताव गर्ने सुरुआती निर्णय पनि गरेको छ ।
कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्त बैद्यले पछिल्लो साता रुसको भ्याडिभोस्टोकमा भएको त्यस सम्बन्धी कार्यक्रममा सहभागी जनाउनु भएको थियो । भ्लाडिभोस्टोकमा चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्टस गेम सेभ द सिसनको सेमिनार भएको थियो ।