फेडेरर सांघाई मास्टर्सको सेमिफाइनलमा
शुक्रबार, २६ आश्विन २०७५खेलपाटी संवाददाता

एजेन्सी । शीर्ष वरीयताका स्विस टेनिस स्टार रोजर फेडेरर सांघाई मास्टर्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको क्वाटरफाइनलमा जापानका केइ निसिकोरीलाई हराउदै फेडेररले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
साविकको बिजेता समेत रहेका फेडेररले निसिकोरीमाथि ६-४ र ७-६ (७-४) को सेटमा जित निकाले ।
अब फेडेररले फाइनल प्रवेशको लागि क्रोएसियाका बोर्ना कोरीचसंग खेल्नेछन् ।
सेमिफाइनलमा विजेता टोलीले नोभाक जोकोभिच र एलेक्जेन्डर जेभरेभबीचको विजेतासंग खेल्नेछ ।










-1771251202949.avif&w=3840&q=75)




