काठमाडौं । दक्षिण अफ्रीकाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ ।
दुबईमा मंगलबार भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रीकाको जितमा एडिन मार्क्रमले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
रस्सी भान डेर डुसेनले अविजित ४३ रन बनाए ।
रिजा हेन्ड्रिक्सले ३९ रन जोड्दा कप्तान टेम्बा बाभुमा २ रनमा आउट भए ।
वेस्ट इन्डिजकका अकिल होसेनले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।
वेस्ट इन्डिजका इभिन लेविसले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।
केइरन पोलार्डले २६ रन जोड्दा लेन्डल सिमोन्सले १६ रन जोडे ।
क्रिस गेल र निकोलस पुरनले १२/१२ रन बनाए ।
दक्षिण अफ्रीकाका ड्वाने प्रिटोरिउसले ३ विकेट लिए ।
केशव महाराजले २ विकेट लिए ।
जितसँगै दक्षिण अफ्रीकाले २ खेलमा २ अंक जोडेको छ ।
साविक विजेता वेस्ट इन्डिजको यो लगातार दोस्रो हार हो ।
पहिलो खेलमा दक्षिण अफ्रीका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।
वेस्ट इन्डिजलाई इंग्ल्यान्डले ६ विकेटले हराएको थियो ।