काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज मंगलबार दुई खेलहरु हुँदैछन् ।
विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा दक्षिण अफ्रीका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ ।
दुबईमा हुने दक्षिण अफ्रीका र वेस्ट इन्डिजबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
समूह १ मा रहेका दक्षिण अफ्रीका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुने छन् ।
पहिलो खेलमा दक्षिण अफ्रीका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।
वेस्ट इन्डिजलाई इंग्ल्यान्डले ६ विकेटले हराएको थियो ।
यस्तै दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
सारजाहमा हुने पाकिस्तान र न्युजिल्याण्डबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो ।
न्युजिल्याण्ड भने विजयी सुरुआत गर्ने योजनामा हुनेछ ।
न्युजिल्याण्डको यो पहिलो खेल हो ।