काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा अब १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन्।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले सोमबार आगामी सिजनबाट १० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ।
बीसीसीआईले दुई फ्रेन्चाईज टिम थप्दै आईपीएल खेल्ने १० टिम बनाएको हो ।
आईपीएलको नयाँ टिममा लखनऊ र अहमदाबाद थपिएको बीसीसीआईले जनाएको छ ।
सन्जिब गोयन्का ग्रुप ( आरपीएसजी ) ले ७०९० करोड भारुमा लखनऊ टिम खरिद गरेको हो ।
यस्तै सिभिसी क्यापिटल्स पार्टनरले ५६२५ करोड भारुमा अहमदाबाद किनेको हो ।
यस अघि आईपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्दै आइरहेका थिए ।