काठमाडौं । आचार संहिता उल्लघंन गरेपछि आईसीसीले श्रीलंका र बंगलादेशका क्रिकेट खेलाडीलाई जरिवाना तिराएको छ ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेलका क्रममा श्रीलंकाका लाहिरु कुमारा र बंगलादेशका लिटोन दास कुमारले आचार संहिता उल्लंघन गरेको आईसीसीले जनाएको छ ।
लाहिरुलाई म्याच फिको २५ प्रतिशत र लिटोनलाई १५ प्रतिशत जरिवाना लगाइएको हो ।
उनीहरुले सुपर १२ अन्तर्गत समूह ‘बि’ को खेलका क्रममा उनीहरुले आचार संहिता उल्लंघन गरेको पाइएको थियो ।
बंगलादेशले ब्याटिङका क्रममा लिटोनलाई आउट गरेपछि लिहिरु उनीभएतिर गएर प्रतिक्रिया जनाएका थिए भने लिटोनले आक्रोशित भएर प्रतिक्रिया दिएपछि विवाद भएको थियो ।