काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले बक्सिङ डे टेस्ट क्रिकेटका लागि मेलवर्न क्रिकेट ग्राउन्डमा ८० हजार दर्शकलाई अनुमति दिने भएको छ ।
एसेज टेस्ट क्रिकेट अन्तर्गत इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको बक्सिङ डे टेस्ट डिसेम्बर २६ तारिखबाट सुरु हुनेछ ।
कोभिड–१९ नियन्त्रणको प्रयास स्वरुप लगाइएको प्रतिवन्धहरु थप खुकुलो पारेपछि भिक्टोरियाले ८० हजार भन्दा बढी दर्शकलाई अनुमति दिने जनाएको हो ।
मेलवर्नमा भर्खरै छैठौ चरणको लकडाउन अन्त्य भएको छ जुन विगत दुई वर्षदेखि पटक पटक लगाइएको थियो ।
गत वर्ष सो मैदानमा भारतविरुद्ध भएको बक्सिङ डे टेस्टमा केवल ३० हजार दर्शकलाई अनमति दिइएको थियो ।
गत अप्रिलमा एएफएल खेलका लागि सो मैदानमा ७८ हजार दर्शकलाई अनुमति दिएपनि त्यसपछि भएको खेल प्रतियोगितामा भने ठूलो संख्यामा दर्शकको आगमन भएको थिएन ।
भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रयूजले बक्सिङ डे टेस्टको पहिलो दिन ८० हजार भन्दा बढी दर्शकको अपेक्षा रहेको बताए ।