काठमाडौं । अष्ट्रेलियाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
आबुधाबीमा शनिबार दक्षिण अफ्रीकालाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलियाले सुखद सुरुआत गरेको हो ।
दक्षिण अफ्रीकाले दिएको १ सय १९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा स्टिभ स्मिथले ३५ रन जोडे । मार्कुस स्टोनिस २४ रनमा अविजित रहदा म्याथ्यु वेड १५ रनमा अविजित रहे ।
ग्लेन म्याक्सवेलले १८ रन जोड्दा डेभिड वार्नरले १४ तथा मिचेल मार्सले ११ रन बनाए ।
कप्तान आरोन फिन्च सुन्य रनमा आउट भए ।
दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले २ विकेट लिए ।
कागिसो राबडा, केशव महाराज र ताब्रेज साम्सीले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ९० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।
दक्षिण अफ्रीकाका लागि एडिन मार्क्रमले सर्वाधिक ४० रन बनाए ।
कागिसो राबडाले अविजित १९ रन जोड्दा डेविड मिलरले १६ तथा हेन्रिच क्लासेनले १३ रन बनाए । कप्तान टेम्बा बाभुमाले १२ रन जोडे ।
अष्ट्रेलियाका मिचेल स्टार्क, जोश हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए ।
जितसँगै सुपर १२ को समूह १ मा रहेको अष्ट्रेलियाले पहिलो खेलमा २ अंक जोडेको छ ।
दक्षिण अफ्रीकाले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।