आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

सदस्य सचिव बर्खास्त, के गर्लान् बोर्ड सदस्य ?

शनिबार, कार्तिक ६, २०७८हिम बिक्रम केसी
सदस्य सचिव बर्खास्त, के गर्लान् बोर्ड सदस्य ?
Classic Tech Internet Ad

काठमाडौं । राखेप सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णयले राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यको भविष्य अन्यौलमा देखिएको छ ।

सदस्य सचिव बर्खास्तीको निर्णयले राखेपका बोर्ड सदस्य असुरक्षित देखिएका छन्, र सरकारको कदम र पार्टीको निर्देशन पर्खिएर बसेका छन् ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारले सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्दै राखेपको बोर्ड सदस्यमा आफु निकट खेलकुद पदाधिकारीलाई नियुक्त गरेको थियो ।

तत्कालिन नेकपाबाट सदस्य सचिवमा पूर्व एमालेबाट सिलवाल नियुक्त भएपछि शक्ति सन्तुलनको हिसाबले उपाध्यक्ष पूर्व माओवादीबाट शिव कोईराला नियुक्त भएका थिए । तर बोर्ड सदस्य नियुक्तिमा तत्कालिन प्रधानमन्त्री केपी ओली र खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अधिकांश एमाले पृष्ठभुमीका खेल पदाधिकारीलाई राखेप बोर्ड सदस्य नियुक्त गरेका थिए ।

बोर्ड सदस्यमा माओवादी निकट बक्सिङका अर्जुन केसी नियुक्त भएका थिए । तर पार्टी अन्तरसंघर्षमा संसद विगठनविरुद्ध तत्कालिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेता सडक संघर्षमा उत्रिएपछि केसीले बोर्ड सदस्यबाट राजीनामा दिएका थिए ।

सदस्य सचिवबाट सिलवाल बर्खास्त गर्ने सरकारको निर्णयले राखेपका बोर्ड सदस्यमा अन्यौलता छाएको छ । राखेपका बोर्ड सदस्यहरु अहिले सरकारको कदम र पार्टीको निर्देशनलाई पर्खिएर बसेका छन् ।

राखेप बोर्ड सदस्य सम्पन्न श्रेष्ठ आफुहरु सरकारको कदम र पार्टीको निर्देशन पर्खिएर बसेको बताउँछन् ।

‘सबै जना बोर्ड सदस्य पार्टीबाट एउटै पद्धतीबाट नियुक्त भएर आएका हौं । पार्टीले चार वर्ष खेलकुदको बिकासमा काम गर्न पठाएको हो ।’ उनले भने, ‘हामीले मान्ने पार्टीको निर्देशन हो । पार्टीले ‘ब्याक’ हुनुस् भनेर निर्देशन दिन्छ भने ‘ब्याक’ हुने हो । त्यही बसेर संघर्ष गर्नुस् भनेको खण्डमा संघर्ष गर्ने हो ।’

श्रेष्ठले अहिलेसम्म पार्टीबाट कुनै पनि निर्देशन नआएको उल्लेख गर्दै यसले अन्यौलता देखिएको बताउछन् । सदस्य सचिव र बोर्ड सदस्यको नियुक्ति फरक प्रक्रियाबाट भएकाले यसलाई जोड्न नमिल्ने श्रेष्ठको तर्क छ ।

‘हामी फरक प्रकृयाबाट आएका हौं । सदस्य सचिवलाई जुन ऐन, नियमावलीले बाँधेको छ । जुन पत्र दिईएको छ, त्यो फरक छ । सदस्य सचिवसँग बोर्ड सदस्यलाई जोड्न मिल्दैन ।’ उनले भने ।

श्रेष्ठ सहित ६ जनालाई तत्कालिन खेलकुद मन्त्री विश्वकर्माले पहिलो चरणमा बोर्ड सदस्य नियुक्त गरेका थिए । श्रेष्ठ मुवाथाई संघबाट बोर्ड सदस्य बनेका हुन् । श्रेष्ठ सँगै ब्याडमिन्टन संघबाट सुवास श्रेष्ठ, बक्सिङ संघबाट अर्जुन केसी बोर्ड सदस्य बने । खेल बिज्ञ, प्रशिक्षक, प्राविधिक वा एन्टी डोपिङ बिज्ञबाट प्रतिनिधित्व हुने गरि रिम रानाभाट र इन्दिरा निरौला सदस्यमा मनोनित भए । पर्यटकीय, परम्परागत र साहसिक खेल क्षेत्रको प्रतिनिधित्व गर्दै ऐनको व्यवस्था अनुसार नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई बोर्ड सदस्य बनेका हुन् ।

बोर्ड सदस्य सुवास श्रेष्ठ भुमिका विहिन बोर्ड सदस्यलाई पदबाट हटाउनुको कुनै कारणनै नभएको बताउँछन् ।

‘यो डेढ वर्षमा हाम्रो कुनै भुमिकानै रहेन । भुमिका विहिन बनाएर राखियो । त्यसैले रहनु र निस्कनुको कुनै कारण छैन । हामीले बिगारेको नि केही छैनौं ।’ उनले भने ।

‘सदस्य सचिव असक्षम हुदाँ हामीपनि असफल खेलकुदको भागीदार बन्न पर्यो । अब सरकारको कदम हेर्ने हो । मार्ग प्रसस्त गर्नुपर्ने अवस्थामा व्यक्तिगत रुपमा मुद्धा मामिलामा जाने छैन ।’ श्रेष्ठले भने ।

तत्कालिन ओली नेतृत्वको सरकारले मन्त्री परिषद्बाट ऐनको व्यवस्था अनुसार थप ९ जना बोर्ड सदस्य राखेपमा नियुक्त गरेको थियो ।

निर्णय अनुसार हरी खड्का, मानदेव हजारा, पुरेन्द्रबिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुमित्रा चौधरी बोर्ड सदस्य बनेका थिए । खेलकुद मन्त्रीले लगत्तै संघको सिफारिसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई बाेर्ड सदस्य नियुक्त गरेका थिए ।

राखेप उपाध्यक्ष शिव कोइराला भने छलफल गरेर बोर्ड सदस्यको विषय टुङ्गो लगाउनुपर्ने बताउँछन् ।

‘दोषी करार गरेर बोर्ड सदस्य पदमुक्त गर्न उपयुक्त हुदैन । सदस्य सचिव जसरी दोषी हुनुहुन्छ, सदस्यलाई पनि दोष दिने विषय न्यायोचित हुदैन ।’ उनले भने ।

राजनीतिक हिसाबले एजेण्डामा काम गर्ने नयाँ बोर्ड निर्माण गर्ने वा पुरानै बोर्डलाई आफ्नो एजेण्डामा हिडाउने विकल्प वर्तमान सरकार र विभागीय मन्त्रीसँग रहेको उपाध्यक्ष कोईराला बताउँछन् ।

‘सदस्य सचिवलाई पदमुक्त गर्दा राजनीतिक मात्र नभएर विभिन्न समयमा भएको क्रियाकलापको पारदर्शीतानै मुख्य एजेण्डा रह्यो भन्ने बुझाई छ ।’ कोईरालाले भने, ‘बोर्ड सदस्यको कमजोरी भने देखिदैन । सदस्यहरुले कुनै भुमिका निर्वाह गर्ने अवसरनै पाउनु भएको छैन । राजनीतिक एजेण्डाका हिसाबले एकरुपता हुन्छ भन्ने सन्दर्भमा छलफल गरेर निर्णय लिदा उपयुक्त हुन्छ ।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

Bajaj Pulsar Motorcycle Ad
स्पेन विश्वकपनजिक

स्पेन विश्वकपनजिक

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक