काठमाडौं । स्कटल्याण्ड युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड सुपर १२ मा पुगेको हो ।
स्कटल्याण्ड पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको हो ।
ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
स्कटल्याण्डको जितमा कप्तान केली कोयट्जरले ४१ रन बनाए ।
म्याथ्यु क्रसले अविजित २६ रन जोड्दा रिची बेरिङटनले अविजित ३७ रन बनाए ।
जर्ज मुन्सेले २० रन बनाए ।
ओमानका खावर अली र फायज बुटले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो ।
ओमानका लागि अकिब इल्यासले ३७ रन जोड्दा जिशन मक्सुदले ३४ रन बनाए ।
मोहमद नादिमले २५ रन बनाए ।
स्कटल्याण्डका जोस डाभीले ३ विकेट लिए । साफ्यान शारिफ र माइकल लीस्कले २/२ विकेट लिए ।
यस जितसँगै पहिलो चरणको समूह ‘बी’ मा रहेको स्कटल्याण्डले ३ खेलमा ६ अंक जोड्यो ।
स्कटल्याण्ड शीर्ष स्थानमा रहदै सुपर १२ मा पुगेको हो ।
अब स्कटल्याण्ड सुपर १२ को समूह १ मा रहने छन् ।
यस समूहमा भारत, पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान रहेका छन् ।
यस समूहबाट बंगलादेशले ३ खेलमा ४ अंक जोडेर सुपर १२ मा स्थान बनाएको छ ।
ओमान र पपुवा न्यु गिनी भने बाहिरिएका छन् ।
ओमानले २ अंक जोड्यो भने पपुवा न्यु गिनीले अंक जोड्न सकेन ।