काठमाडौं । उनी जम्मा आठ बर्षको थिइन् । भलिबल खेल उनका आखाँमा थियो तर कहाँ गएर खेल्ने अन्जान थिईन् ।
कक्षा तीनमा पढ्थिन् । तर कक्षामा उनको उचाई औसत भन्दा ठुलो थियो ।
त्यही समय शिवम् न्यु डायमण्ड एकेडेमीका प्रशिक्षक कुमार राई राम्रो स्पाईकरको खोजीमा थिए । जसले एकेडेमीको विरासत थाम्न सकोस ।
कुनै समय रमिला तण्डुकारले थामिन् अहिले प्रतिभा माली छिन् ।
प्रशिक्षकको राईको नजर रियामा पर्यो । कक्षा भित्र रहेकी रियालाई प्रशिक्षक राईले बोलाए ।
भलिबल खेल्न मन पर्छ तिमिलाई ? प्रिन्सिपल समेत रहेका राईले सोधे ।
'उम्' । उनले सहजै सहमती जनाईन् ।
'घरमा दिदी र म सधै खेल्छौ' उनले थपिनन् ।
'उसो भए तिम्रो बाबासंग कुरा गर्छु, भोलीदेखि खेल्न आउ', राईले निर्देशन जारी गरे ।
उनी फुरुङ्ग परिन् । फिस्स हाँस्दै कक्षा छिरिन् । मनमा कौतुहलता बढ्यो । धेरै सोच्ने उमेरपनि त कहाँ थियो र ?
सिनियर दिदीहरुले बल खेलेको बेला बाहिरबाट सबै ‘हुटिङ’ गरेको देख्दा उनलाई समेत मैदान भित्र छिर्न मन थियो ।
घरमा गएर आमालाई भनिन् । तर, आमालाई छोरीको कुराले खुसी भने दिएन ।
‘छोरीलाई चोटपटक लागेर केही हुने हो कि ?’ आमाको मन त्यसै कमजोर हुने भईहाल्यो ।
तर, त्यो कुराले उनको बाबालाई भने खुसी बनायो । उनले हाँस्दै छोरीलाई अंकमाल गरे । अनि भलिबल खेल्न जान अनुमती दिए, हौस्याए ।
रियाका बाबा हेमजंग कुवर कुनै समय गोर्खाका राम्रा भलिबल खेलाडी थिए । आफ्नो पदछाप सन्तानले पछ्याउदाँ कुन बुवालाई खुसी मिल्दैन र ।
रिया भोलीपल्टै स्कुल पुगिन, सबै भन्दा अगाडी कुमार सरलाई भेटिन् । उनीसंग घरबाट भलिवल खेल्ने अनुमती समेतसंगै थियो ।
राईले रियाको घरमा फोन लागाए, र धन्यवाद दिए । र भने, ‘म रियलाई एउटा राम्रो खेलाडी बनाउनेछु ।’
पहिलो दिनको प्रशिक्षणमा उनले सिनियर दिदीहरुले बल खेलेको देखिन् । सबैको हातमा बल थियो । उनीहरु एकअर्कासंग पास खेल्थे । सिनियरलाई देखेर उनलाई अझ उत्साह जाग्यो ।
प्रशिक्षक राईले रियालाई भलिबलको नियमबारे सिकाए । भलिबल समात्न लगाए, विस्तारै हान्न लगाए ।
उनको खेल निरन्तर राम्रो हुँदै गयो । विद्यालयस्तरीय न्यु डायमण्ड टोलीमा उनीपनि अटाउन थालिन् ।
पहिलो सहभागिता २०७३ सालमा भएको राष्ट्रपति रनिङ सिल्डबाट गरिन् ।
बैकल्पिक खेलाडी थिईन् । कहिलेकाँही कोर्टमा छिर्ने मौका पाउथिन् ।
जतिबेला पालो आउथ्यो, फुर्तीकासाथ टिममा खेल्थिन् । समयसंगै उनको खेलमा समेत परिपक्कता आउन थाल्यो ।
तर, कक्षा पाँचमा पढ्ने बेला रुखको हाँगा खसेर उनलाई चोट लाग्यो ।
लगत्तै उनी टिमबाट बाहिर रहन बध्य भईन् ।
केही समय विश्राम गर्न डाक्टरले सुझाए । करिव एक बर्षको विश्रामपछि उनी पुन: न्यु डायमण्डको प्रशिक्षणमा फर्किन् ।
त्यसपछिको विद्यालयस्तरको राष्ट्रपति रनिङ सिल्डमा उनको प्रर्दशन उच्च थियो । उनको प्रर्दशनबाट लोभिएर एकेडेमीका प्रशिक्षक सिनियर टिमबाट डेब्यु गराउने तयारी गरे ।
काठमाडौंमा भर्खरै सकिएको आदीआवादी महिला भलिबल लिगमा उनले राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्ने मौका पाईन् ।
सधै बिद्यालयस्तरका साना खेलाडी र कम दर्शककोबीचमा खेल्दै आएकी उनलाई आदीअवादी ठुलो अनुभव बन्यो ।
लिगमा पुलिसविरुद्ध सन्तुलिन प्रर्दशन गरेकी उनी मैदान प्रवेश गर्ने वित्तिकै दर्शकहरु हौसला दिन उक्लिहाल्थे ।
जब उनी बल समाउने गर्थिन्, तब दर्शकबाट हुटिङ गुञ्जिन थालिहाल्थ्यो ।
‘म साह्रै डराएकी थिए । बाहिरको हल्ला र बिपक्षका ठुला खेलाडी देखेर मन काँपेको थियो । तर जब बल हात प¥यो, आफ्नो क्षमता देखाईहाले ।’ रियाले भनिन् ।
‘मेरो पहिलो अनुभव फरक थियो तर अनुभव यादगार भएको छ ।’ प्रसन्न मुद्रामा उनी भन्छिन् ।
‘ठुलो भएर रेश्मा भण्डारी र प्रतिभा माली जस्तै बन्ने मेरो चाहाना छ । त्यो चाहाना पुरा गरेरै छोड्छु ।’ उनीले अठोट कसिन् ।
उनलाई भलिवलमा स्पाईकरको पोजिसन मन पर्छ । न्यु डाइमण्डमै रहेर स्पाईकरको स्थान समाल्ने उनको इच्छा छ ।
‘भविष्यमा ठुलो खेलाडी भएर न्युडायमण्डबाट प्रतिनिधित्व गर्ने चाहाना छ ।’ रिया भन्छिन् ।
गोर्खाको ताप्ले पुर्ख्यौली घर भएकी रिमा काठमाडौंको पुरानो नैकाप बस्छिन् । घरमा भलिबलमय वातावरण भएनी रियाको घरमा आमालाई भने त्यो खेल मन पर्दैन ।
रिमालाई भने राम्रो खेल पस्केर आमालाई फकाउने चाहाना छ ।
नेपाली भलिबलमा प्रभुत्व कायम गरेको न्यु डायमण्डले भविष्यको सम्भावनाको रुपमा रियालाई अगाडी सारेको छ ।
‘उनीबाट न्युडायमण्डले धेरै कुराको आश गरेको छ ।’ प्रशिक्षक राई बताउँछन् ।