काठमाडौं । स्पेनिस क्लब बार्सिलानाकी स्ट्राइकर असिसट ओशोलालाई एउटा कुरा बताउनु छ ।
‘हुर्कदै गर्दा महिला खेलाडीको नाम भएको जर्सी मैले कहिल्यै लगाइन । तर, अब जब म आफ्नो घर नाइजेरिया जान्छु धेरै मानिसहरुले मेरो नाम भएको बार्सिलोनाको जर्सी लगाएको पाउछु,’ २६ वर्षीया ओशोलाले सुनाईन् ।
एक अफ्रिकीको साहस
ओशोला जब एक बच्चाको रुपमा बढ्दै थिईन केटा-केटीबीचको भूमिका स्पष्ट रुपमा परिभाषित गरिएको थियो । एउटा केटीको स्थान भनेको घरमा वा पसलमा थियो ।
उनी मुस्लिम समुदाय, बहुविवाह तथा आफ्ना बुबाको दुई श्रीमतिका सात भाई र छ बहिनीसँगको परिवारमा बसेको कुरा स्पष्ट रुपमा बताउछिन् ।
‘मेरो परिवारमा यो एकता छ । हामी छुटिएका छैनौँ । हामी छुट्टाछुट्टै आमाका सन्तान हौँ तर हामी अझै संगै छौ । हामीले एकअर्कालाई एउटै देख्छौ,’ ओशोला भन्छिन् ।
मुस्लिम धर्म अनुयायी ओशोलाले इस्लामलाई जीवनको एक मार्गदर्शनको रुपमा लिन्छिन् । ‘यदि यस (फुटबल खेल्नु)ले मलाई खुसी बनाउछ भने मलाई लाग्दैन कि भगवान यसको विरुद्धमा हुनुहुन्छ ।’
एक हजुरआमाको विश्वास
फुटबल पलायनवादको एक श्रोत थियो भने संरक्षण र पितृसत्ताको स्थापनाका लागि एक चुनौती ।
‘कहिलेकाही म घरमा सुत्न सक्दिनथे । कुनै कुनै दिन आमाले मलाई खानाको लागि पैसा दिनुहुन्नथ्यो ।’
त्यसो भए यस सुन्दर खेलमा एक अवसरको सम्भावनाका लागि कसले विश्वास गर्यो त ?
‘मेरी हजुरआमाले,’ ओशोलाले प्रतिक्रिया दिईन् ।
जतिबेला अरुले खेलका लागि उनको क्षमतामा आशंका गरे, ओशोलाकी हजुरआमाले उनलाई वुद्धि र शान्तिका साथ एक असल मानिस बन्न तथा अनुसाशनसहित सम्मानित हुनका लागि ज्ञान दिईन् ।
उनी जब मैदानमा प्रवेश गर्छिन तब ती बिचारहरु र विश्वासलाई ओशोलाले आफ्नो दिमागमा बसाएकी हुन्छिन् ।
सन् २०१४ मा फिफा यू-२० महिला विश्वकप फुटबल प्रतियोगिताको सर्वाधिक गोलकर्ता तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी ओशोला केही महिना अगाडी नै अफ्रिका महिला च्याम्पियनसिपको उपाधि जितेकी थिईन् ।
‘मैले मेरो परिवारलाई विश्वास दिलाएकी यदि साना केटाकेटीले आफ्ना सपनाको पछि लाग्छन भने पक्कै पनि त्यसबाट सकारात्मक कुराहरु आउछन् । आज मलाई लाग्छ उनीहरुले सो कुराको महसुस गरेका छन्,’ उनी भन्छिन् ।
र अहिलेको समयमा उनको परिवारले विश्वास गर्न थालेको छ । उनीहरुले अहिले मैले फोन गर्नु अघिनै मेरो खेलको बारे जानकारी भएको बताउछन् ।
अफ्रिकाको उज्यालो प्रकाश
सन् २०१५ मा नाइजेरिया छाडेपछि ओशोलाले पछाडी फर्केर हेर्नुपरेको छैन् ।
युरोपको बार्सिलोनामा आउनु अघि उनले लिभरपुल र आर्सनल तथा एसियाको डालियन क्लबबाट खेलिसकेकी छन् ।
उनी भन्छिन, ‘मलाई लाग्छ म जहासुकै बाच्न सक्छु ।’
उनले विभिन्न टिम तथा व्यक्तिगत रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलता प्राप्त गरिसकेकी छन् ।
चारपटक अफ्रिकी महिला फुटबलर वर्ष खेलाडी तथा दुई पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेकी ओशोलाले दुई पटक फिफा महिला विश्वकपमा उपस्थिति जनाईसकेकी छन् ।
ती सफलताले उनलाई अफ्रिका महादेशकै एक सफल महिला खेलाडीको उभ्याएको छ ।
‘मैले कहिल्यैपनि एक व्यावसायिक खेलाडी बन्ने सपना देखेको थिईन । तर मैले आज आफूलाई जहा पाउछु त्यसको लागि म धेरै खुसी छु,’ उनले बताईन् ।
उनका लागि सबैभन्दा महत्वपूर्ण प्रतियोगिता विगत दुई वर्षमा थियो । बार्सिलोनाको लागि सन् २०१९ मा महिलाको च्याम्पियन्स लिगको फाईनल खेल्नु तथा गोल गर्ने उनी अफ्रिकाको पहिलो खेलाडी थिईन् । तर फाईनल भने लायोनसँग पराजित भएको थियो ।
तर, गत मे महिनामा भने उनी युरोपको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो अफ्रिकी खेलाडी बनिन् । फाईनलमा बार्सिलोनाले चेल्सीलाई पराजित गर्यो ।
यस सिजनको लिगमा बार्सिलोनाले प्रत्येक खेलमा कम्तिमा सात गोल गर्दै आएको छ जसमा कम्तिमा पनि एक गोल ओशोलाले गरेकी छन् ।
नयाँपनको चाहना
यो एक सुधार, साहस र विश्वासको खाका हो जसको माध्यमबाट ओशोलाले नयाँ पुस्ताको बालिकाहरुलाई दिन चाहन्छिन । जसले फुटबल र शिक्षालाई संगसंगै लैजाने उदेश्य लिएको छ ।
यो नाईजेरियामा परिवर्तनको लागि उनको आधार हो ।
‘कहिलेकाही म किनारामा बसेर मुस्कुराउछु । म उनीहरुलाई खुसी देख्छु र म मानिसहरुको सपना जीवनमा आउदै गरेको देखेर खुसी हुन्छु, उनीहरुले आफ्नो भविष्य देखिरहेका छन्,’ उनी बताउछिन् ।
‘उनीहरुले व्यावसायिक फुटबल खेलाडी बन्ने सम्भावना देखिरहेका छन् । म इर्सालु भइरहेको छु किनभने उनीहरुसंग सबथोक छ, ।’
आफ्नो खेल जीवनको बारेमा बताउदै गर्दा ओशोलाले पुरुष फुटबललाई चेतावनी समेत दिन्छिन् ।
‘अबको पाच, १० वा १५ वर्षमा महिलाको फुटबलको युग हुनेछ किनभने पुरुषको खेलले सबथोक पाइसकेको जस्तो छ । त्यहा पैसा छ, टेलिभिजन अधिकार तथा सबथोक छ । तर महिला फुटबलका लागि जे गरेपनि नयाँ हुनेछ । र मानिसहरुले केही नया हेर्न चाहिरहेका छन्,’ उनी बताउछिन् ।
ओशोलाका अनुसार महिलाको फुटबल खेल ठूलो हुदै जानेछ ।