बसन्तले ईपीएल खेल्ने
सोमबार, ११ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । बलर बसन्त रेग्मीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
बसन्तले विराटनगर वारिवर्सबाट ईपीएल खेल्ने भएका हुन् ।
विराटनगरले सामाजिक संजालबाट बसन्त टिममा फर्किएको जनाएको छ ।
यस अघि विराटनगरले सार्वजनिक गरेको खेलाडी सूचीमा बसन्त थिएनन् ।
चौंथो संस्करणको ईपीएल शनिबारबाट सुरु भईसकेको छ ।
विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।
प्रतियोगतामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।
विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।










-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)

