काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी-ट्वान्टी टिमको कप्तानी छाडेका छन् ।
कोहलीले बिहीबार सामाजिक संजालबाट टी-ट्वान्टी टिमको कप्तानी पद छाडेको बताएका छन् ।
कोहलीले युएई र ओमानमा आयोजना हुने टी-ट्वान्टी विश्वकपपछि आफु टी-ट्वान्टीको कप्तान नहुने बताएका छन् ।
कोहलीले भारतीय टिमको तीनै फर्म्याटको कप्तानी गरिरहेका थिए ।
अब कोहलीले एकदिवसीय र टेस्ट टिमको मात्र कप्तानी गर्ने छन् ।
अब रोहित शर्माले टी-ट्वान्टीको कप्तानी गर्ने बताईएको छ ।
रोहित भारतीय टिमको उपकप्तान रहेका छन् ।
कोहलीको कप्तानीमा भारतले ६५ टेस्टमा ३८ जित निकालेको छ ।
यस्तै ९५ एकदिवसीयमा ६५ जित निकाल्दा ४५ टी-ट्वान्टीमा २९ जित निकालेको छ ।