काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फ्रेन्चाईज टिम काठमाडौं किङ्स-११ लाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ ।
काठमाडौंले बिहीबार शिवम् सिमेन्टको टेली होल्डिङ्स प्रा.लिसँग मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ।
सम्झौतासँगै शिवम् सिमेन्ट काठमाडौं मुख्य प्रायोजक तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा रहने छ ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा काठमाडौं किङ्स-११ को कप्तानी सन्दीप लामिछानेले गर्ने छन् ।
काठमाडौं किङ्स-११ बाट पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले समेत खेल्ने छन्।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।