काठमाडौं । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि भारतका पुरु सिंहलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ ।
चितवनले बिहीबार एक विज्ञप्ति निकाल्दै सिंहलाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । दिल्लीका पूर्व क्रिकेटर सिंह लेभल टु गरेका प्रशिक्षक हुन् ।
चितवनको मुख्य प्रशिक्षकमा सामसन जंग थापा छन् ।
यस्तै चितवनले टिमको उपकप्तानमा दिलिप नाथलाई नियुक्त गरेको छ ।
चितवनले राष्ट्रिय टोलीबाट खेलिसकेका दिलिपलाई उपकप्तानको जिम्मेवारी दिईएको जनाएको छ ।
चितवनको कप्तानी सोमपाल कामीले गर्ने छन् ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।