पहिलो हाफमा नेपाल र भारतको बराबरी
आइतबार, २० भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।
साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ।
नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)