शुक्रबार, २६ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

के विशालले मौका पाउने छन् त ?

आइतबार, २० भाद्र २०७८खेलपाटी संवाददाता
के विशालले मौका पाउने छन् त ?

तस्बिर - एन्फा

Loading ad...
mustang rice ad
काठमाडौं ।  भारतविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल दशरथ रंगशालामा चलिरहेको थियो, दोस्रो हाफपछि बेन्चमा रहेका गोलरक्षक विशाल श्रेष्ठ वार्म अफमा ब्यस्त थिए ।
 
धेरैलाई लागेको थियो, सायद अब उनले मौका पाउने छन्, नेपालका लागि डेब्यु गर्न । तर त्यस्तो केही पनि भएन् । उनको नेपालका लागि खेल्ने सपना फेरि एकपल्ट पूरा भएन् ।
 
विशालले यसरी वार्म अप गर्ने र मैदानमा छिर्न नपाउने भएको धेरै भइसकेको छ ।
 
भारतविरुद्धको दुई खेलका लागि नेपालले अहिलेसम्म आफ्नो टिम यही हो भनेर घोषणा गरेको छैन् । पहिलो खेलका लागि तयार गरिएको लाइन अपमा २४ खेलाडीको नाम छ, जसमा सुजल श्रेष्ठ एक जना मात्र नन प्लेयरका रूपमा छन् ।
 
No description available.
 
भारतले यही खेलका लागि २५ खेलाडीको नाम प्रस्तुत गरेको थियो ।
 
नेपालको सूचीमा रहेका २३ खेलाडीमध्ये नितिन थापाले त त्यसै खेलमा डेब्युको अवसर पाए । अब डेब्यु गर्न बाँकी खेलाडीमा गोलरक्षक विशालसँगै अर्का गोलरक्षक दीप कार्की र राजन गुरुङ मात्र छन् ।
 
टिममा कप्तान किरण चेम्जोङसँगै चार गोलरक्षक छन् ।
 
टिममा रहेका एक अर्का गोलरक्षक विकेश कुथु हुन्, जसले किरण नहुँदा नेपालका लागि खेल्न पाइरहेका छन् । दीप र राजन नयाँ छन्, तिनले फेरि मौका पाउने छन् ।
 
खालि प्रश्न रह्यो, विशालकै । प्रशिक्षक अल्दुल्लाह अल्मुताइरीकै शब्दमा टिममा को राख्ने र नराख्ने निर्णय उनकै हो । त्यो उनको अधिकार पनि हो ।
 
तर यी गोलरक्षक विशालले कम्तीमा एकपल्ट खेलोस भन्ने भावनात्मक इच्छा भने धेरैको छ ।
 
फेरि अहिले भइरहेको खेल मैत्रीपूर्ण प्रतिस्पर्धा नै हो, त्यसैले यसमा केही न केही प्रयोग गर्न पाइन्छ । खेलको अन्त्यतिर विशाललाई प्रवेश गर्न दिएर उनको सपना पूरा गर्न सकिन्छ ।
 
विश्वास गरौं, यस्तो हुनेछ । 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फ्रान्स र मोरक्को आमनेसामने

फ्रान्स र मोरक्को आमनेसामने