मान्जुकिचले लिए फुटबलबाट सन्यास
शुक्रबार, १८ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । क्रोएसियाका पूर्व फरवार्ड मारियो मान्जुकिचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
मान्जुकिचले शुक्रबार ३५ वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
सामाजिक संजालबाट मान्जुकिचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
मान्जुकिचले पछिल्लो सिजन एसी मिलानबाट खेलेका थिए।
त्यस बाहेक १७ वर्षे फुटबल खेल जीवनमा मान्जुकिचले युभेन्ट्स, बायर्न म्युनिख, उल्फवर्ग, एट्लेटिको मड्रिड,डिनामो जाग्रेब लगायतका क्लबबाट खेलेका छन् ।
फरवार्ड मान्जुकिचले अन्तराष्ट्रिय फुटबलबाट भने २०१८ मा सन्यास लिएका थिए ।
क्रोएसियाका लागि उनले ८९ खेलमा ३३ गोल गरेका थिए ।









-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

