शुक्रबार, २६ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आक्रमक फुटबलको अपेक्षा

बिहिबार, १७ भाद्र २०७८हिम बिक्रम केसी
आक्रमक फुटबलको अपेक्षा
Loading ad...
mustang rice ad

काठमाडौं । अब्दुल्लाह अलमुताइरी अचम्म स्वभावका छन् ।

केही समय बिताउन पर्छ, क्षणभरमै उनको ‘मुड’ बदलिरन्छ । घरी रमाइलो र मनमौजी जस्ता देखिन्छन्, घरी सन्की र एकलकाँटे ।

हास्दाँ हास्दै रिसाए जस्तो गर्छन्, रिसाउदा रिसाउदै फिस्स हाँसे जस्तो ।

अलमुताइरी यस्तै छन् ।

यहीँ स्वभावले सायद उनीबारे यसैभन्न जो कोहीलाई गाह्रो छ ।

अलमुताइरीको स्वभावनै आक्रमक खालको छ । फुटबल खेलाउने शैलीपनि उस्तै ।

नभए इराक जस्तो टिमविरुद्ध दुई गोल नेपालले कहाँ हान्थ्यो र ?

खेलाडीलाई शारिरिक र मानसिक रुपमा तयार पार्नु हरेक प्रशिक्षकको जिम्मेवारी हो । अलमुताइरी मनोबिज्ञानका विद्यार्थी हुन् । खेलाडीलाई मानसिक रुपमा बलियो बनाउन उनको सधै विशेष जोड रहन्छ । मानसिक रुपमा खेलाडीलाई तयार पार्न सकेमात्र मैदानभित्र जितिन्छ भन्ने उनको मनोबिज्ञान छ ।

उनी आक्रमक फुटबल रुचाउछन् । खेलाडीलाई त्यही अनुसार तयार गर्छन् ।

बिहिबार दशरथ रंगशालामा भारतविरुद्ध उत्रदै गर्दा अलमुताइरीसंग त्यही आक्रमक फुटबल नेपाली समर्थकले खोज्नेछन् । बुधबार प्रि–म्याच कन्फरेन्समा अलमुताइरीले स्पष्ट रुपमै भने, ‘हामी जित्नका लागि खेल्नेछौं । रक्षात्मक खेल्ने छैनौं ।’

उनले भारतविरुद्ध उत्रदै गर्दा इतिहास र वरियताको मतलब नगर्ने समेत बताए । नेपालभन्दा वरियता र हेड टू हेडमा निकै माथि रहेको भारतविरुद्ध अलमुताइरीले खेलाउने फुटबल प्रतिक्षामा छ ।

‘हामी ईतिहास र वरियताको मतलब गर्ने छैनौं । भारत धेरै बलियो छ तर हामी गोखौली हौं । हामी पनि कमजोर टिम हैन । यो दुवैका लागि कठिन खेल हुनेछ ।’ उनले थपे ।

अलमुताइरी आएपछि राष्ट्रिय टिममा उथलपुथलनै भएको छ । राष्ट्रिय टिममा ९ भन्दा धेरै खेलाडी फेरिएका छन् । युवा खेलाडी थपिएका छन् । भारतविरुद्ध समेत केही खेलाडीलाई डेब्यु गराउने अलमुताइरीले प्रष्ट पारेका छन् ।

‘म आएदेखि ९ देखि ११ खेलाडी परिवर्तन गरेको छु । भोलि ‘गुड सरप्राइज’ हुनेछ । नयाँ खेलाडी हुनेछन् ।’ राष्ट्रिय टिममा गरेको परिवर्तनबारे अलमुताइरी भन्छन्, ‘खेलाडीले मेन्टालिटी परिवर्तन गर्न खोजेको छु । सबै फोकस मानसिक रुपमा परिवर्तन गर्नमा लगाएको छु । त्यो परिवर्तन नभएसम्म कतै पुर्याउन सकिदैन ।’

विश्वकप छनोट अन्तर्गत कुवेत भ्रमण सकेपछि राष्ट्रिय टिम निरन्तर बन्द प्रशिक्षणमा छ । करिब दुई महिना राष्ट्रिय टिमले प्रशिक्षण गरेको छ । एक महिनापछि साफ च्याम्पियनसिप हुदैछ । नेपालको नजर साफको उपाधिमै छ । भारत साफको सबैभन्दा बलियो टिम हो । प्रतियोगिता अघि भारतसंग खेल्दै नेपाल आफुलाई सुधार गर्न चाहन्छ । प्यालेस्टाइन, कीर्गिस्तान जस्ता देशको प्रस्ताव आउँदा समेत नेपालले भारतनै रोज्नुको खास कारण यही हो ।

दुई मैत्रीपूर्ण खेल सकेर नेपाल कतार भ्रमणमा निस्कनेछ । करिब एक महिना कतारमै प्रशिक्षण गर्नेछ, सके केही मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।

नेपालका लागि भारतविरुद्धको खेल निकै महत्वपुर्ण छ । भारतलाई विश्लेषण गर्न र साफमा त्यसलाई सुधार गर्न ।

त्यसैले अलमुताइरीले यसलाई एक सामान्य खेलको रुपमा ब्याख्या गर्छन् ।

‘दुई महिनाको अभ्यास गर्यौ । राम्रोसंग भारतको अध्ययन गरेका र्छौ । हाम्रो लक्ष्य साफ हो । यो मात्र मैत्रीपूर्ण खेल हो । मेरा लागि यो सामान्य खेल हो । हामी तयार छौं । सबैलाई हाम्रा समर्थकलाई खुसी भन्दा गर्व गर्ने बनाउन चाहन्छौं ।’ अलमुताइरीले भने ।

अलमुताइरीको अर्को बलियो पक्ष भनेको उनको प्राविधिक ज्ञान हो । उनी अध्ययनशिल छन् । विपक्षी र खेलको राम्रो विश्लेषण गर्छन्, ब्याख्या गर्छन् । त्यो बिश्लेषण भारतविरुद्धको खेलका लागि समेत गरेका छन् । उनलाई भारतविरुद्ध नेपालको इतिहास, प्रर्दशन र हैसियतबारे राम्रो ज्ञान छ ।

उनलाई यो पनि थाहा छ, भारतविरुद्ध खेल्नु र जित्नुको अर्थ ।

‘भारत धेरे राम्रो टिम हो । हामीले मात्र एक खेल जितेका छौं । हामीले एसियालाई देखाउनु छ । हामी साँच्चिकै गोर्खाली हो । हामी दुवै खेल जित्नेछौं । जित्नका लागि खेल्नेछौं । समर्थकलाई खुसी हैन, गर्व गर्न लायक बनाउनेछौं ।’ आत्मविश्वासी अलमुताइरी भन्छन् ।

‘सबैलाई देखाउन छ, हामी पुरा गोर्खाली हौं । हामी तयार छौं । हामी हाम्रो भविष्य बनाउन गइरहेका छौं । दुई खेल जितेको खण्डमा हाम्रो वरियता सुधारमा हुनेछ । फिफा वरियतामा ७ देखि १० स्थान सुधार हुनेछ । यो नेपाली फुटबलका लागि धेरै राम्रो हो ।’ उनी भन्छन् ।

अलमुताइरीको यहीँ आत्मविश्वास खेलाडीमा सरेको छ । अलमुताइरीले राष्ट्रिय टिममा भर्न खोजेको यहीँ आत्मविश्वास खेलाडीमा देखिन्छ । तर नतिजामा खासै अन्तर आएको छैन ।

खेलाडीको फुटबललाई खेल्ने र सोच्ने शैलीलाई परिवर्तन गर्नु अलमुताइरीले मैदानभित्र नेपाली फुटबलमा गरेको परिवर्तन हो ।

पछिल्ला महिना अलमुताइरीका लागि राम्रो रहेन । उनी अनावश्यक विवादमा आए । धेरै प्रतिक्रियात्मक स्वभावले उनलाई हानीनै गर्यो ।

आक्रमक फुटबल सबैलाई मन पर्छ, अलमुताईरीले खेलाउन खोजेको त्यही शैली नेपाली समर्थकलाई मन परेको छ । भारतविरुद्ध त्यही शैली फुटबल समर्थकले अपेक्षा गरेका छन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फ्रान्स र मोरक्को आमनेसामने

फ्रान्स र मोरक्को आमनेसामने