काठमाडौं । केयलिन एमबाप्पेको रियल मड्रिड जाने सपना टुटेपछि अहिले पेरिस सेन्ट जर्मेन (पीएसजी) यी फ्रान्सेली खेलाडीलाई फकाउने प्रयासमा छ ।
पीएसजीले पछिल्लो ट्रान्सफर विन्डोमा उनलाई बेचेन्, तर एमबाप्पेसँगको सम्बन्ध अर्को वर्ष सकिंदैछ । क्लबले उनीसँग थप नयाँ अनुबन्ध गरेन भने उनी बजारमा विना मूल्य उपलब्ध हुनेछन् ।
यस्तोमा पीएसजले उनलाई लगातार लोभलाग्दो प्रस्ताव राख्दै फकाउने खोजिरहेको छ । फ्रान्सेली मिडियाका अनुसार पीएसजीले क्लबसँग नयाँ अनुबन्ध गर्ने हो भने दुई करोड ५० लाख युरो तलबमै मात्र दिन्छौं भनेको छ । तर २२ वर्षीय एमबाप्पेले त्यसलाई पनि मानेनन् । पीएसजी पनि के कम, उसले अर्को प्रस्ताव पनि राखेको छ ।
त्यस अनुसार पीएसजीले दुई वर्षले अनुबन्ध बढाउने र तबल चार करोड ५० लाख युरो पुर्याउने रहेको छ । यो प्रस्ताव एमबाप्पेले मान्ने हो भने उनी नेयमार र लियोनल मेस्सी भन्दा बढी कमाउने खेलाडी हुनेछन् । तर एमबाप्पेले यो प्रस्ताव स्विकारेका छैनन् र उनको भित्री मनसाय अर्को वर्ष भित्र क्लब छाड्नै रहेको छ ।
तिनै फ्रान्सेली मिडियाले के अनुमान गरेका छन् भने अब पीएसजीले अझ लोभ्याउने खालको प्रस्ताव एमबाप्पेलाई राख्ने छ, भलै उनी अहिले ठुस्स पर्दैछन् । पीएसजीलाई डर के छ भने अबको वर्षमा एमबाप्पेलाई भित्र्याउन रियलले मात्र रूचि देखाउने छैन्, उनका पछाडि म्यानचेस्टर सिटी र चेल्सी जस्ता क्लब पनि हुनेछन् ।
–मार्काको सहयोगमा ।