भारतले लर्डसमा भएको टेस्ट जित्यो भने इंग्ल्यान्डले हेडिंग्लेमा भएको । भारतको सनसनीपूर्ण जित लगतै इंग्ल्यान्ड एकपक्षीय रूपमा विजयी रह्यो । यो सिरिजले फेरि एकपल्ट पुरानो एउटा मान्यतालाई तोड्न खोजको छ ।
टेस्ट क्रिकेटको इतिहास आफैमा लामो छ र यो इतिहासले भन्न गर्छ, लामो टेस्ट सिरिजमा जुन टिमले पहिले जित्यो, त्यसैले सिरिज जित्ने सम्भावना हुन्छ । यो प्रवृत्तिको कुरा भयो, लयमा रहेको टिमले सिरिज जितिहाल्ने । आधुनिक समयमा यस्तो हुन छाडेको छ र यो एक प्रकारको भ्रम भएको छ । अब यस्तो हुन छाडेको छ ।
बरू अब भन्न सकिन्छ, टेस्ट सिरिजमा ‘मोमेन्टम’ को अर्थ छैन् । अर्थात लयमा रहेको टिमले नै जित्ने छ भनेर भन्न सकिन्न । अचेलको आधुनिक टेस्ट सिरिजमा यस्तो हुन छाडेको छ । छ साताभित्र पाँच टेस्टका सिजिज हुन थालेका छन्, अब । यस्तोमा सिरिजमा अब जस्तै पनि सम्भव हुन्छ । एक टेस्ट जितेको टिम अर्को टेस्टमा राम्रै स्थितिमा रहन्छ भन्न पनि गाह्रो छ ।
त्यसको राम्रो उदाहरण यही इंग्ल्यान्डविरुद्ध भारतको सिरिज भएको छ । त्यसैले अब ओभलमा चौथो टेस्ट सुरु हुँदा कुन टिम बलियो भनेर ठ्याक्कै भन्न सकिन्न । एक प्रकारले इंग्ल्यान्ड लयमा छ, तर त्यसको अर्थ हुन्न । भारत स्तब्ध छ, तर उसले यो टेस्टमा राम्रा गर्न सक्ने सम्भावना सबै प्रकारले छ । झन म्यानचेस्टरमा हुने पाँचौ तथा अन्तिम टेस्टमा के हुने हो, त्यो त झन भन्न सकिन्न ।
–एएफपीको सहयोगमा ।