अन्तत: एमबाप्पे पीएसजीमै, तर सपना कायमै
बुधबार, भदौ १६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अन्तत: केयलिन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) मै रहने भएका छन् । रियल मड्रिड जाने छैनन् ।
कम्तीमा सन् २०२१ मा उनले रियलका लागि खेल्ने छैनन् । यसपल्टको ट्रान्सफर विन्डो मंगलबार राति बन्द भएसँगै एमबाप्पेको पीएस छाड्ने सम्भावना टुटेको थियो ।
लगतै फ्रान्सेली फरवार्डले इन्स्ट्राग्राममा एउटा ठट्टाको सन्देश पनि लेखे ।
उनले आफ्नो सानोदेखिको इच्छा रियलका लागि खेल्ने भनिआएका छन् । तर अब उनले यसका लागि केही समय अझै कुर्नु पर्नेछ ।
उनले आफ्नो सानोदेखिको इच्छा रियलका लागि खेल्ने भनिआएका छन् । तर अब उनले यसका लागि केही समय अझै कुर्नु पर्नेछ ।
उनले इन्स्ट्राग्राममा लेखेका छन्, ‘म तपाईको व्यवसायिकपनको सम्मान गर्छुं, दाजु । अब आफ्नो सपनालाई फेरि फेर्नुछ । जीवन सुन्दर छ, तिमी उत्कृष्ट छौं ।’ उनी हल्का भावनात्मक पनि देखिए ।
यो सन्देश पढ्ने क्रममा पृष्ठभूमिमा एरोस्मिथको ‘ड्रिम अन’ गीत पनि बजिरहेको थियो ।
यो सन्देश पढ्ने क्रममा पृष्ठभूमिमा एरोस्मिथको ‘ड्रिम अन’ गीत पनि बजिरहेको थियो ।
‘ड्रिम अन’ अर्थात सपना देख्न नछाड ? यो स्पष्ट सन्देश थियो, उनले आफ्नो सपना पूरा गर्न पाएनन् । तर त्यो कामय भने छ ।
रमाइलो के पनि रह्यो भने यो सन्देश पोस्ट गरेको केही समयमै उनले त्यसलाई डिलेट पनि गरे । रियलले राखेको कुनै पनि प्रकारको प्रस्तावलाई पीएसजीले स्विकार गरेन् ।
यसरी सबैले प्रतीक्षा गरिरहेको एउटा हाइप्रोफाइल ट्रान्सफर फेरि रोकिएको छ र अबको केही समयका लागि एमबाप्पेले पीएसजीमा लियोनल मेस्सीसँगै खेल्नेछन् ।
–मार्काको सहयोगमा ।
यसरी सबैले प्रतीक्षा गरिरहेको एउटा हाइप्रोफाइल ट्रान्सफर फेरि रोकिएको छ र अबको केही समयका लागि एमबाप्पेले पीएसजीमा लियोनल मेस्सीसँगै खेल्नेछन् ।
पीएसजीको एउटा नीति नै छ, आफ्नो खेलाडीलाई जत्तिकै मूल्य पाए पनि नबेच्ने, भलै त्यसको केही समयपछि त्यही खेलाडीलाई विना कुनै मूल्य छाड्नु परे पनि ।
–मार्काको सहयोगमा ।







-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




