विंगर लुकम्यान लेस्टरमा
मंगलबार, १५ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं। लेस्टर सिटीले विंगर एडिमोला लुकम्यानलाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिग क्लब लेस्टरले लुकम्यानलाई जर्मन क्लब आरबी लाइपजिगबाट लोनमा अनुबन्ध गरेको हो ।
लाइपजिगले लेस्टरलाई लुकम्यानलाई स्थायी अनुबन्धको बिकल्प समेत दिएको छ ।
इंग्ल्यान्डका लुकम्यान लगातार दोस्रो सिजन लोनमा खेल्न लागेका हुन् ।
२३ वर्षीय विंगरले गत सिजन फुलहमबाट लोनमा खेलेका थिए ।
लुकम्यान २०१९ मा एभर्टनबाट लाइपजिग गएका थिए ।






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

-1767162700754.jpg&w=3840&q=75)

-1767098144368.jpg&w=3840&q=75)

