काठमाडौं । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको दुई एकदिवसीय सिरिज प्रत्यक्ष प्रशारण हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार डिश मिडिया नेकवर्कसँग प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।
क्यानका कोषाध्यक्ष रोशन सिंह र डिस होमका प्रबन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै नेपाल र पीएनजीबीचको खेल एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
ओमानमा हुने सिरिजको खेल भदौ २० र २३ गते हुनेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा रहेका छन् ।
उक्त सिरिज अघि नेपालले पीएनजीसँग खेल्ने लागेको छ ।