काठमाडौं । अलराउण्डर वासिङ्गटन सुन्दरले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेल गुमाउने भएका छन् ।
चोटको कारण वासिङ्गटनले आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।
रोयल च्यालेन्जर्स बैंगलोरका अलराउण्डर वासिङ्गटनले औलाको चोट बोकेको बताईएको छ ।
वासिङ्गटनको स्थानमा बैंगलोरले आकाश दीपलाई अनुबन्ध गरेको छ ।
कोरोनाको कारण रोकिएको आईपीएलका बाँकी खेलहरु युएईमा आयोजना हुनेछ ।
आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुनेछ । फाइनल खेल अक्टोबर १५ मा हुने बीसीसीआईले जनाएको छ । खेलहरु दुबई, आबुधाबी र सारजाहमा हुनेछ ।
प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।
यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।