सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

द सनले माग्यो स्टोक्ससँग माफि, तिर्‍यो क्षतिपूर्ति

सोमबार, १४ भाद्र २०७८खेलपाटी संवाददाता
द सनले माग्यो स्टोक्ससँग माफि, तिर्‍यो क्षतिपूर्ति
Classic Tech Internet Ad
काठमाडौं । इंग्लिस अलराउन्डर बेन स्टोक्स अहिले अनिश्चित समयको विश्राममा छन् । यसको कारण हो, मानसिक दबाब र चिन्ता । उनी आफ्नो मानसिक स्वास्थ्य स्थिति सामान्य गर्न क्रिकेटबाट टाढा रहेका हुन् । यही समय उनका लागि एउटा खुसीको समाचार आएको छ र त्यो हो, इंग्लिस टेबलायड पत्रिका द सनले स्टोक्ससँग माफि मागेको छ र क्षतिपूर्ति पनि तिरेको छ ।
 
सन् २०१९ मा द सनले त्यस्तो एउटा समाचार विस्तारमा छापेको थियो, जुन स्टोक्सको परिवारसँग जोडिएको थियो । त्यो दु:खको घटना थियो, जुन लगभग सबैले बिर्सिसकेका थिए । फेरि यो घटना स्टोक्स आफै जन्मिन भन्दा अगाडि भएको थियो । तर द सनले के के न भएको थियो जस्तै गरेर त्यस घटनाबारे आफ्नो पहिलो पानामा समाचार छापेको थियो ।
 
यसका लागि द सनले आफ्ना संवाददातालाई न्युजिल्यान्ड नै पठाएको थियो । समाचारको शीर्षक थियो, ‘दुखद घटना जसले स्टोक्स परिवारलाई सधैं पिर्लोछ’ । त्यो समाचार आएयता स्टोक्सको परिवारले द सनविरुद्ध आर्थिक क्षतिपूर्तिको मागसहित मुद्दा हालेको थियो । सुरुमा त द सनले आफूले कुनै प्रकारको गल्ती नगरेको दाबी गर्दै आएको थियो, तर अहिले एकाएक उसको भाषा नरम भएको छ ।
 
द सन बेलायतको निकै विवादास्पद पत्रिका हो र यसलाई यस्तै कसैको पनि नीजि जीवनीमा प्रवेश गरेर समाचार प्रकासित गर्न महारथ प्राप्त छ । सन् १९८९ हिल्सब्रो दुर्घटनाबारे द सनले पूर्णत: गलत समाचार छापेको थियो र त्यसबारे अहिलेसम्म पनि उसले माफि मागेको छैन् । यसै दुर्घटनामा परेर लिभरपुलले आफ्ना ९६ समर्थकलाई गुमाएको थियो ।
 
अहिलेसम्म पनि लिरभपुल समर्थकले द सन पढ्ने गर्दैनन् भने लिभरपुल सहरमा अहिलेसम्म पनि यो पत्रिकालाई बहिस्कार गरिन्छ । द सनले स्टोक्सको परिवारबारे समाचार छापेपछि यी अलराउन्ड निकै मानसिक दबाबमा आएका थिए । यो समाचार प्रकासित भएपछि द सनको खुबै आलोचना पनि भएको थियो ।

–द गार्डियनको सहयोगमा । 
Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

 १५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

१५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

Bajaj Pulsar Motorcycle Ad
मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

अन्तिम चारनजिक न्यु डाइमन्ड

अन्तिम चारनजिक न्यु डाइमन्ड

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

क्वार्टरफाइनमा  एपीएफ र मणिमुकुन्दलाई कुर्दै आर्मी

क्वार्टरफाइनमा एपीएफ र मणिमुकुन्दलाई कुर्दै आर्मी