काठमाडौं । लर्डस भएको दोस्रो टेस्टमा सनसनीपूर्ण जित निकालेको भारत अहिले लगभग स्तब्ध जस्तै छ, किनभने उसले हेडिंग्लेमा भएको तेस्रो टेस्ट इंग्ल्यान्डसँग नमज्जाले गुमाएको छ ।
यसपल्ट भारतको हार इनिङ्स अन्तरको रहेको छ । कहाँ भारतले लर्डसमा जितेपछि हुँकार भरेको थियो, त्यहीं अहिलेको हारपछि भागेर हिंड्नु पर्ने स्थिति छ ।
यस्तोमा कप्तान विराट कोहली स्वंय के भन्छन् त ? उनले यो हारलाई निकै स्वभाविक मानेका छन् र भनेका छन्, ‘टेस्ट क्रिकेटमा यस्तै हुन्छ ।’
सबैभन्दा पहिले उनले यो हारलाई किन स्वभाविक माने भने आफ्नो टिम टेस्टको पहिलो दिन नै पहिलो इनिङ्समा ७८ रनमा अलआउट भएपछि अन्य नतिजा कल्पना गर्न सकिन्न ।
‘जति बेला हामीले बार्डमा पर्याप्त रन चढाउन सक्दैनौं, बलरले अब केही गर्छ भनेर नसोचे हुन्छ,’ उनको तर्क थियो ।
अनि उनले भने जस्तै टेस्ट क्रिकेटमा सबै प्रकारको सम्भावना कायम हुन्छ । आखिरमा यो क्रिकेटको सर्वोच्च स्वरूपमा हो, यसमा टिमको वास्तविक परीक्षा हुन्छ, त्यसैले यसको नामै रहेको छ, टेस्ट क्रिकेट ।
र, उनले फेरि यस्तो पनि भनेका छन्, ‘तेस्रो टेस्टमा पराजित हुनुको अर्थ हामी अब फेरि पराजित हुन्छौं भन्ने होइन् । हामीले एक इनिङ्समा खराव खेलेको अर्थ फेरि त्यस्तै खेल्छौं भन्ने पनि होइन् ।’
भारतीय क्रिकेट पण्डित पनि के मान्छन् भने भारतीय टिम अहिले घाइते बाघ जस्तै भएको छ, त्यसैले अबको टेस्टमा यो टिम अझ आक्रामक हुनेछ ।
–बीबीसीको सहयोगमा ।