काठमाडौं। इंग्ल्यान्डका स्पिनर आदील राशिदले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
राशिदलाई फ्रेन्चाईज टिम पन्जाब किङ्सले आईपीएलको बाँकी खेलका लागि अनुबन्ध गरेको छ । पन्जाबले अष्ट्रेलियाका जे रिचार्डसनको स्थानमा राशिदलाई अनुबन्ध गरेको हो ।
३३ वर्षीय राशिदले पहिलो पटक आईपीएल खेल्न लागेका हुन् । यस अघि उनले आईपीएल खेलेका छैनन् ।
कोरोनाको कारण रोकिएको आईपीएलका बाँकी खेलहरु युएईमा आयोजना हुनेछ ।
आईपीएल सेप्टेम्बर १९ बाट अक्टोबर १५ सम्म हुनेछ ।
बीसीसीआईले २७ दिनमा बाँकी ३१ खेलहरु सकिने जनाएको छ । खेलहरु दुबई, आबुधाबी र सारजाहमा हुनेछ ।
प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।
यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।