काठमाडौं । घरेलु टिम इंग्ल्यान्डले भारतविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा फराकिलो अग्रता बनाएको छ ।
लिड्समा जारी टेस्टको दोस्रो दिनको खेल सकिदासम्म इंग्ल्यान्डले ३ सय ४५ रनको अग्रता बनाएको छ । दोस्रो दिनको खेल सकिदा इंग्ल्यान्ड ८ विकेट गुमाएर ४ सय २३ रन बनाएर खेलिरहेको छ ।
इंग्ल्यान्डका कप्तान जोए रुटले १ सय २१ रनको शतकीय इनिङ्स खेले । उनको यो २३ औं टेस्ट शतक हो ।
यस्तै डाविड मालनले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा हासिब हामिदले ६८ रन बनाए । रोरी बुर्न्सले ६१ रन जोड्दा जोनी बेयर्स्टोले २९ रन जोडे ।
क्रेग ओभर्टन २४ रनमा अविजित रहदा ओली रोबिनसन सुन्य रनमा अविजित छन् ।
भारतका मोहमद शामीले ३ विकेट लिए । मोहमद सिराज र रविन्द्र जडेजाले २/२ विकेट लिए ।
यस अघि पहिलो इनिङ्समा भारत ७८ रन जोड्दा अलआउट भएको थियो ।
भारतका रोहित शर्माले सर्वाधिक १९ रन बनाए । अन्जिके रहाने १८ रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
इंग्ल्यान्डका जेम्स एण्डरसन र क्रेग ओभरटनले ३/३ विकेट लिए । साम कुरान र ओली रोबिन्सनले २/२ विकेट लिए ।
पाँच खेलको सिरिजमा भारत १-० ले अघि रहेको छ ।
वर्षाको कारण पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
दोस्रो टेस्टमा भारतले १ सय ५१ रनको जित निकालेको थियो ।