काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टिमका पूर्व कप्तानटेड डेक्स्टरको निधन भएको छ।
डेक्स्टरको बुधबार ८६ वर्षको उमेरमा निधन भएको हो।
'लर्ड टेड' नामले परिचित डेक्स्टरको उल्भरह्याम्पटनस्थित घरमै निधन भएको बताईएको छ।
आक्रामक ब्याट्सम्यान र मिडियम पेसर बलर डेक्स्टरले इंग्ल्यान्डका लागि ६२ टेस्ट खेलेका थिए । जसमा उनले ४ हजार ५ सय २ रन जोड्दा ६६ विकेट हात पारेका थिए ।
उनले इंग्ल्यान्डको लागि सन् १९६१ देखि ६४ सम्म कप्तानी गरेका थिए ।
क्रिकेट खेल जीवनपछि डेक्स्टरले इंग्ल्यान्डको टिम छनोटकर्ताको रुपमा रहेर काम गरेका थिए ।