मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. श्रीलंकाका सेकुगेले चितवनबाट ईपीएल खेल्ने

श्रीलंकाका सेकुगेले चितवनबाट ईपीएल खेल्ने

२०२१ अगस्ट २६, बिहिबारखेलपाटी संवाददाता

श्रीलंकाका सेकुगेले चितवनबाट ईपीएल खेल्ने

काठमाडौं ।  श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेकुगे प्रसन्नले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

सेकुगेले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका हुन् । चितवनले बिहीबार एक विज्ञप्ति निकाल्दै सेकुगेलाई ईपीएलका लागि अनुबन्ध गरिएको जनाएको छ ।

‘सेकुगे प्रसन्न प्रशस्त क्षमता भएका खेलाडी हुन् । उनको ब्याटिङ र बलिङ दुबैले खेलको नक्शा परिवर्तन गर्न सक्छ । उनी म्याच विजयी खेलाडी हुन् । विश्वभरी खेलेको उनको अनुभवले चितवन टाइगर्सलाई उपाधिको रुपमा अझ बलियो प्रत्यासी बनाएको छ । उनको आगमनले हाम्रो टोली अझ बलियो हुनेछ । नेपालको प्रमुख खेलकुद प्रतियोगितामा उनको क्षमतालाई हेर्न हामी प्रतिक्षा गरिरहेका छौं,’ टिम मालिक किशोर भट्टराईले भनेका छन् ।

यस्तै चितवनले मलेसियाका ब्याट्सम्यान विरनदीप सिंहलाई पनि अनुबन्ध गरिएको जनाएको छ  ।

चितवनले यस अघि पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिज र अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद साहजादलाई अनुबन्ध गरिसकेको छ । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

को हुन् सेकुगे ?

लेग स्पिनर सेकुगेले श्रीलंकाबाट १ टेस्ट, ४० एकदिवसीय अन्तर्राष्ट्रिय र २० टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको अनुभव छ ।

टी-ट्वान्टी का मान्यता प्राप्त सबै गरेर १७० खेलमा उनले १३५ विकेट लिदा प्रतिओभर ७ रनको हिसाबमा मात्र रन खर्चेका छन् । उपयोगी ब्याट्सम्यान पनि रहेका ३६ वर्षे उनले १३८ छक्का र १०७ चौका प्रहार गरिसकेका छन् ।

सिमित ओभरको खेलमा उनी लामो समयसम्म श्रीलंकाको मुख्य स्पिनरको रुपमा रहे । उनी राम्रो गुगली फाल्न माहिर छन्।

सेकुगेले सन् २०११ मा अस्ट्रेलियाविरुद्ध कोलम्बोमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय ‘डेब्यु’ खेलमा ३२ रन खर्चेर ३ विकेट लिएका थिए । त्यसको तीन साता अघि उनले आफ्नो एकमात्र टेस्ट अस्ट्रेलियाविरुद्ध नै खेलेका थिए । उनले २०१६ मा आयरल्यान्डविरुद्ध ४६ बलमा ९५ रन बनाएर सनथ

जयसुर्याले श्रीलंकाको नाममा राखेको फास्टेस्ट एकदिवसीय अन्तर्राष्ट्रिय शतकको नजिक पुगेका थिए । उनले २३ बलमा बनाएको अर्धशतक श्रीलंकाको एकदिवसीय अन्तर्राष्ट्रियमा पाँचौं फास्टेस्ट अर्धशतक पनि हो ।

उनले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग इंग्ल्यान्डको काउन्टी टोलीबाट ट्वान्टी २० ब्लास्ट खेलेका छन्।

को हुन् विरनदीप ?

विरनदीप मलेसियाका मध्यपंक्तिका ब्याट्सम्यान हुन् । उनले विकेटकिपिङ गर्नुका साथै आवश्यक्ता

अनुरुप देब्रेहाते बलिङ पनि गर्छन् । उमेर समूह देखि प्रभावशाली प्रदर्शन गर्दै आएका २२ उनले

एसोसिएट क्रिकेटको भविष्यको रुपमा हेरिन्छ । हाल मलेसिया क्रिकेट टोलीका उपकप्तान पनि रहेका

उनले २०१९ को जुन २४ मा थाइल्यान्डविरुद्ध खेल्दै टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

उनी नेपाली समर्थक माझ परिचित नाम हुन् । वैशाखमा भएको तीन देशीय ट्वान्टी–२० सिरिजमा

उनले नेदरल्यान्ड्सविरुद्ध ५३ बलमा ८७ रन बनाएर दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए । हालै

सम्पन्न मलेसिया क्रिकेट एसोसिएसन (एमसीए) सिरिजमा उनले सर्वाधिक रन बनाउनुका साथै विकेट

लिएका थिए । उनले १९३ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।

आउदो सिजनको इपिएलका लागि चितवनमा आवद्ध हुने विरनदीप चौथो विदेशी खेलाडी हुन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

Bhat Bhateni
पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा