काठमाडौं । मलेसियाका ब्याट्सम्यान विरनदीप सिंहले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
२२ वर्षीय विरनदीपले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका हुन् । यससँगै उनी ईपीएल खेल्ने पहिलो मलेसियन खेलाडी बनेका छन् ।
मलेसिया क्रिकेट एसोसियनले बिहीबार विरनदीपले चितवनबाट ईपीएल खेल्ने पक्का भएको जनाएको छ । चितवनले भने औपचारिक रुपमा केहि बताएको छैन ।
चितवनले यस अघि पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिज र अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद साहजादलाई अनुबन्ध गरिसकेको छ । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।