काठमाडौं । पाकिस्तान क्रिकेट टिमका मुख्य प्रशिक्षक मिस्बाह उल हकलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
वेस्ट इन्डिज भ्रमणमा रहेका मुख्य प्रशिक्षक उल हकलाई कोरोना देखिएको हो ।
पाकिस्तान क्रिकेट बोर्डले बुधबार उनलाई कोरोना देखिएको पुष्टि गरेको छ ।
कोरोना देखिएपछि उनी जमैकाका १० दिनको सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
पाकिस्तानी टोलि ४ खेलको टी-ट्वान्टी र दुई खेलको टेस्ट सिरिजका लागि वेस्ट इन्डिजमा रहेका छन् ।
सिरिज सकिएपछि पाकिस्तान फर्कने तयारी गरिरहदा मुख्य प्रशिक्षकलाई कोरोना देखिएको हो ।