काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।
आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ (भदौ २८ ) गते प्रतिस्पर्धा गर्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग सेप्टेम्बर १४ (भदौ २९) गते प्रतिस्पर्धा गर्नेछ ।
नेपालले तेस्रो खेलमा अमेरिकासँग सेप्टेम्बर १७ (असोज १) गते प्रतिस्पर्धा गर्नेछ ।
यस्तै नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग सेप्टेम्बर १९ (असोज ३) गते खेल्नेछ ।
सिरिजका लागि १७ खेलाडीसहित २२ सदस्यीय नेपाली टिम ओमान पुगिसकेका छन् ।
सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ ।
नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ।
यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
नेपाली टिम :
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,रोहित कुमार
मुख्य प्रशिक्षक - डेभ वाटमोर
व्यवस्थापक - मोहमद दाउद अन्सारी
टेक्निकल एनालिस्ट - रमण शिवाकोटी
फिजियो - बिक्रम न्यौपाने
ट्रेनर - राकेश गोहिल