काठमाडौं । टर्कीले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको युरोपियन छनोट नखेल्ने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार टर्कीले छनोट प्रतियोगिताबाट नाम फिर्ता लिएको जनाएको छ ।
छनोट प्रतियोगिता बिहीबारबाट स्पेनमा सुरु हुँदैछ ।
कोरोना महामारीको कारण टर्कीले छनोट नखेल्ने बताईएको छ ।
अब पाँच राष्ट्रले मात्र सहभागिता जनाउने भएका छन् ।
जसमा नेदरल्यान्ड्स, स्कटल्याण्ड, आयरल्याण्ड, जर्मनी र फ्रान्सले सहभागिता जनाउने छन् ।