काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट पाकिस्तान विजयी भएको छ ।
किङ्सटनमा पाकिस्तानले वेस्ट इन्डिजलाई १ सय ९ रनले पराजित गरेको हो ।
पाकिस्तानको जितसँगै दुई टिमबीचको दुई खेलको टेस्ट सिरिज १-१ को बराबरीमा सकिएको छ ।
पहिलो टेस्टमा वेस्ट इन्डिजले पाकिस्तानलाई १ विकेटले पराजित गरेको थियो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा ३ सय २ रन जोडेको थियो ।
उसका फावद आलमले अविजित रहदै १ सय २४ रनको शतकीय इनिङ्स खेले ।
वेस्ट इन्डिजले पहिलो इनिङ्समा मात्र १ सय ५० रन बनाउन सक्यो ।
दोस्रो इनिङ्समा पाकिस्तानले १ सय ७६ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दा वेस्ट इन्डिजले ३ सय २९ रनको लक्ष्य पाएको थियो ।
जवाफमा वेस्ट इन्डिजले मात्र २ सय १९ रन बनाउन सक्यो ।