के केनले टोटनहम छाड्ने छन् ? उत्तर, छैनन्
मंगलबार, भदौ ८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । विश्व फुटबलमा ‘ट्रान्सफर विन्डो’ बन्द हुन अब धेरै समय रहेन् । एक साता भन्दा कम समय मात्र बाँकी छ । यस्तोमा एउटा प्रश्नको उत्तर कसैले दिन सकेका थिएनन्, के इंग्लिस टिमका कप्तान ह्यारी केनले टोटनहम छाड्ने छन् त ? तर सायद उत्तर लगभग तयार छ र यो हो, छैनन् । अब त टोटनहमलाई पनि यस्तो लाग्न थालेको छ ।
त्यसैले त बेलायती मिडिया भन्छन्, टोटनहम ‘केनलाई बेच्ने अथवा नबेच्ने युद्ध’ जित्ने संघारमा पुगेको छ । अर्कोतर्फ म्यानचेस्टर सिटीले पनि केनमाथिको रूचि कम गर्न थालेको छ । सिटीले सुरुमै केनका लागि खालि सात करोड ५० लाख युरोका प्रस्ताव मात्र राखेको थियो । त्यो भनेको एक प्रकारले टोटनहमलाई जिस्क्याउन खोजेकै मात्र थियो ।
केनको दृष्टिकोणले भन्दा पूरा घटनाक्रममा मुख्य दोषी हुन्, टोटनहमका प्रमुख ड्यानिएल लेभी । भनिन्छ, केन र लेभीबीच गत सिजन नै एउटा भलाद्मी सहमती भएको थियो र त्यस अनुसार केनले टोटनहम छाड्न सक्थ्यो । तर लेभीले अहिले आफ्नो वचन फेरे । लेभी नजिकका के भन्छन् भने कोही क्लबको अध्यक्ष भएर आफ्ना स्टार खेलाडीलाई कसरी सस्तोमा बेच्न सक्छ ?
फेरि खेलाडीले चाह्यो भन्दैमा उनले चाहे जस्तै गर्नु पर्छ भन्ने पनि कहाँ छ र ? अब त लेभीले पनि आफ्नो भाषा फेर्न थालेका छन् र भन्न थालेका छन्, केनलाई कुनै पनि हालतमा बेच्ने छैनौं । सायद स्थिति बुझेर नै केन पनि खुरुखुरु क्लबको अभ्यासमा मात्र फर्केका छैनन्, उनले टोटनहमका लागि उल्भ्सविरुद्ध पनि खेलिसके ।
त्यति बेला केनको अनुहारमा खुुसी भने थिएन् । सब्टिच्युट खेलाडीका रूपमा मैदान छिरेर उनले केही खासै गर्न पनि सकेनन् । अगस्ट ३१ को मध्यरात ११ बजेर ५९ मिनेटसम्म पनि ‘ट्रान्सफर विन्डो’ मा सबथोक हुन सक्छ, त्यसको अर्थ केन सिटी जान पनि सक्छन् । अहिले तत्कालका लागि केनले टोटनहम छाड्ने सम्भावना झन झन कमजोर हुँदैछ ।
–द डेलीमेलको सहयोगमा ।