काठमाडौं । श्रीलंकामा तय भएको अफगानिस्तान र पाकिस्तानबीचको एकदिवसीय सिरिज सरेको छ ।
अब दुई टिमबीचको तीन खेलको एकदिवसीय सिरिज पाकिस्तानमा हुने भएको छ ।
अफगानिस्तान क्रिकेट बोर्डका सीईओ हामिद शिनवारीले सिरिज पाकिस्तानमा तय भएको पुष्टि गरेका छन् ।
ट्राभल कठिनाइ र क्वारेन्टिन समस्याको कारण सिरिज सारिएको बताईएको छ ।
तालिबानले अफगानिस्तान कब्जा गरेपछि काबुलबाट कमर्सियल उडान बन्द रहेको छ ।
यस्तै श्रीलंकाले १० दिनको क्वारेन्टिन अनिवार्य बस्नु पर्ने नियम बनाएको छ ।
अब अफगानी टिम सडकको बाटो भएर पाकिस्तान जाने छन् ।
सिरिज सेप्टेम्बर ३ बाट सुरु हुनेछ ।