काठमाडौं । इंग्ल्यान्डका बलर मार्क उडले भारतविरुद्धको तेस्रो टेस्ट गुमाउने भएका छन् ।
चोटका कारण मार्कले तेस्रो टेस्ट गुमाउने भएका हुन् ।
३१ वर्षीय मार्कले काँधको चोट बोकेको बताईएको छ ।
इंग्ल्यान्डले मार्कको स्थानमा शाकिब महमुदलाई टिममा बोलाउने सम्भावना रहेको छ ।
इंग्ल्यान्डले लिड्समा भारतविरुद्धको तेस्रो टेस्ट खेल्नेछ ।
इंग्ल्यान्ड र भारतबीचको तेस्रो टेस्ट बुधबार सुरु हुनेछ ।
इंग्ल्यान्डले भारतसँग पाँच खेलको टेस्ट सिरिज खेलिरहेको छ ।
सिरिजमा भारत १-० ले अघि रहेको छ ।
वर्षाको कारण पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
दोस्रो टेस्टमा भारतले १ सय ५१ रनको जित निकालेको थियो ।