आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

साहजादले चितवनबाट ईपीएल खेल्ने

आइतबार, भदौ ६, २०७८खेलपाटी संवाददाता
साहजादले चितवनबाट ईपीएल खेल्ने
Classic Tech Internet Ad

काठमाडौं ।  अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद साहजादले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

३४ वर्षीय साहजादले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका हुन् ।  

चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै साहजादलाई अनुबन्ध गरिएको जनाएको छ ।

साहजाद यसअघि पनि चितवन टाइगर्समा आवद्ध थिए । तर, कोभिड -१९ को  कारण ईपीएल स्थगित हुँदा उनी २०१९ मा नेपाल आएर खेल्न पाएका थिएनन् ।

‘काठमाडौंमा छक्का वर्षा गर्नलाई आत्तुर छु । नेपालका प्रशंसकहरु विश्वकै धैर्यवान प्रशंसक हुन् । चितवनबाट खेलेर सबैलाई मनोरञ्जन प्रदान गर्न तयार छु,’ सम्झौतापछि साहजादले भनेका छन् ।

‘गत वर्ष जहा टुंगिएको थियो, त्यहीबाट साहजादलाई निरन्तरता दिन पाउदा हामी निकै उत्साहित छौं । उनी एक स्थापित अन्तर्राष्ट्रिय क्रिकेटर रहेकाले उनको अनुभवलेटाइगर्सको युवा ब्याटिङ लाइनअपलाई उत्साह र अनुभव प्रदान गर्नेछ,’ चितवनका अप्रेसन डाइरेक्टर विनिता चौधरी भट्टराईले भनिन् ।

चितवनबाट पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले समेत खेल्ने छन् । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

को हुन् साहजाद ?

छक्का प्रहार गर्ने छुट्टै शैली बनाएका विकेटकिपर ब्याट्सम्यान साहजाद अफगानिस्तानलाई क्रिकेटको एउटा शक्ति बनाउदाका प्रमुख खेलाडी हुन् ।

माथिल्लोक्रमका यी दाहिने हाते ब्याट्सम्यानले अफगानिस्तानलाई सन् २०१० देखि चार पटक ट्वान्टी–२० विश्वकपमा पुर्याउदा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

उनको दक्षता सीमित ओभरको क्रिकेटमा मात्र छैन । क्यानाडाविरुद्ध २०१० को अन्तरमहादेशीय कपमा उनले चौथो इनिङ्समा नटआउट २ सय १४ रन बनाएपछि अफगानिस्तानले ४ सय ९४ रनको लक्ष्य पूरा गरेको थियो ।

साहजादले २०१६ आईसीसी एसोसिएट एन्ड एफिलिएट क्रिकेट वर्षको उपाधि जितेका थिए ।  यो उपाधि जित्ने अफगानिस्तानका पहिलो खेलाडी हुन् । त्यसको अर्को वर्ष उनले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा एकैदिनमा दुई अर्धशतक बनाएर दुर्लभ कीर्तिमान हात पारेका थिए ।

दुबईमा डिजर्ट टी-ट्वान्टी च्यालेन्जमा उनले दिउसोको खेलमा ओमान र साँझको खेलमा आयरल्यान्डविरुद्ध अफगानिस्तानलाई विजय दिलाउदा दुबै खेलमा अर्धशतक बनाएका थिए ।

No description available.

अफगानिस्तानले २०१८ मा भारतविरुद्ध आफ्नो पहिलो टेस्ट खेल्दाका सदस्य हुन् उनी । २००९ मा नेदरल्यान्ड्सविरुद्ध उनले एमस्टलभिनमा बनाएको १ सय १० अफगानिस्तानका खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक थियो ।

सन् २०१८ को एसिया कपमा भारतसँग बनाएको शतक उनको विशेष इनिङ्समा पर्छ । उनले शतक पुरा गर्दा अफगानिस्तानको कुल स्कोर १ सय ३१ रनमात्र थियो । उनको १ सय २४ रनमा अफगानिस्तानले २५२ रन बनाएको थियो । अफगानिस्तानले सो खेल टाईमा टुंग्याएको थियो ।

उनले अफगानिस्तानबाट कुल ८४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६ शतक र १४ अर्धशतकसहित २७२७ रन बनाए । उनको औषत ३३ माथि रहेको छ । त्यस्तै ६५ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा उनले १३४ माथिको स्ट्राइकर रेटमा झन्डै २ हजार रन बनाएका छन् ।

एकदिवसीयमा अविजित १३१ र टी-ट्वान्टीमा अविजित ११८ रन उनको उच्च स्कोर हो । साहजादसँग बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, अबुधावी टी-१० लिग, अफगानिस्तान प्रिमियर लिगमा खेलेको अनुभव छ ।

 

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

Bajaj Pulsar Motorcycle Ad
दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

बायर्नको १६ खेलको जितको शृंखला रोकियो

बायर्नको १६ खेलको जितको शृंखला रोकियो

युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित

८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल

हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा