काठमाडौं । अष्ट्रेलियाका बलर नाथन एलिसले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
अष्ट्रेलियाका कीर्तिमानी बलर नाथनले पन्जाब किङ्सबाट आईपीएल खेल्ने भएका हुन् । पन्जाबले नाथनलाई अनुबन्ध गरिएको जनाएको छ ।
नाथन टी-ट्वान्टी अन्तराष्ट्रियको डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी हुन् ।
उनले गत साता बंगलादेशविरुद्धको तेस्रो टी-ट्वान्टीमा ह्याट्रिक विकेट लिदै कीर्तिमान बनाएका हुन् ।
कोरोनाको कारण रोकिएको आईपीएलका बाँकी खेलहरु युएईमा आयोजना हुनेछ ।
आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुनेछ । फाइनल खेल अक्टोबर १५ मा हुने बीसीसीआईले जनाएको छ । खेलहरु दुबई, आबुधाबी र सारजाहमा हुनेछ ।
प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।
यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।