काठमाडौं । विश्व क्रिकेटका दुई ठूला नाम हुन्, मुथैया मुरलिधरन र सचिन तेन्दुलकर । सन् नब्बेबाट दुई हजारबीच यी दुईले लगभग भए भरका कीर्तिमान तोडे । त्यसैले त मुरलिधरण अहिलेसम्म पनि आठ सय टेस्ट विकेट लिने एक्ला बलर हुन् भने तेन्दुलकर शतकको शतक बनाउन एक्ला ब्याट्सम्यान ।
आफ्नो खेल जीवनका क्रममा उनीहरूबीच जोडतोडले प्रतिद्वन्द्वीता पनि चलेको थियो । धेरै पल्ट उनीहरूले एक आपसको विरुद्ध खेले । भर्खरै ईएसपीएनले भारतमा आयोजना गरेको एउटा बहसको कार्यक्रममा श्रीलंकाली पूर्व अफ स्पिनर मुरलिधरनले भने, ‘तेन्दुलकरमा केही कमी थियो ।’ उनलाई लाग्थ्यो, यो केही होइन्, अफ स्पिन आक्रमणविरुद्ध नै थियो ।
भारतीय पूर्व ब्याट्सम्यान तेन्दुलकरबारे मुरलिधरणले भने, ‘तेन्दुलकरलाई बलिङ गर्दा डर हुन्न थियो, किनभने उनी आफ्नो विकेट बचाएर खेल्थे, उनी बललाई ढंगले पढ्न सक्ने र प्राविधिक रूपमा खेल्थे । बरू वीरेन्द्र सहवागलाई बलिङ गर्न गाह्रो हुन्थ्यो, किनभने उनी मनलाग्दो ब्याटिङ गर्थे ।’
उनले थपे, ‘मलाई आफ्नो खेल जीवनकै क्रममा के लाग्थ्यो भने तेन्दुलकरलाई अफ स्पिन बलिङको सामना गर्दा केही गाह्रो हुन्थ्यो । लेग स्पिनविरुद्ध त उनको जवाफ थिएन् । मैले आफै पनि धेरै पल्ट उनलाई आउट गरेको छुं । म मात्र होइन्, अन्य अफ स्पिनरले पनि उनलाई आउट गरेका छन् । मैले यसबारे तेन्दुलकरसँग कुरा गरेको पनि छैन् । तर मलाई यस्तो लाग्छ ।’
मुरलिधरनले तेन्दुलकर आउट गर्न निकै गाह्रो हुने ब्याट्सम्यान पनि माने । उनले भने, ‘तेन्दुलकर भन्दा सहवाग धेरै डरलाग्दा खेलाडी हुन् । उनलाई लागि नजिक फिल्डर राख्नु पथ्र्यो, किनभने उनले कुनै पनि समय विपक्षी टिमलाई मौका दिन सक्छ । तर उनी लयमा रहेको दिन, उनी जसका विरुद्ध पनि आक्रामक भएर खेल्छन् ।’
–हिन्दुस्तान टाइम्सको सहयोगमा ।