काठमाडौं । इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जोस बट्लरले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु गुमाउने भएका छन् ।
राजस्थान रोयल्समा आबद्द बट्लरले दोस्रो बच्चाको जन्म हुने भएको कारण बट्लरले आईपीएलका बाँकी खेल गुमाउने भएका हुन् ।
राजस्थानले बट्लरको स्थानमा न्युजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान ग्लेन फिलिप्सलाई अनुबन्ध गरेको छ ।
कोरोनाको कारण रोकिएको आईपीएलका बाँकी खेलहरु युएईमा आयोजना हुनेछ ।
आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुनेछ । फाइनल खेल अक्टोबर १५ मा हुने बीसीसीआईले जनाएको छ ।
बीसीसीआईले २७ दिनमा बाँकी ३१ खेलहरु सकिने जनाएको छ । खेलहरु दुबई, आबुधाबी र सारजाहमा हुनेछ ।
प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।
यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।