काठमाडौं । जापानमा आयोजना हुने टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
पारालिम्पिकमा सहभागिता जनाउन १ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार साँझ जापान प्रस्थान गरेका हुन् ।
मंगलबारबाट सुरु हुने पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दैछिन् ।
पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।
पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी हुँदै छन् ।