काठमाडौं । अहिले भारतीय टिम इंग्ल्यान्डमा छ र पाँच टेस्टको सिरिजमा १–० ले अगाडि छ । लर्डसमा भारतले अन्तिम दिन अन्तिम सेसनमा प्राप्त जित अहिले पनि चर्चाको विषय भइरहेको छ । यस टेस्टबारे चर्चा गर्नु पर्ने कारण धेरै छन् र त्यसमध्ये एक हुन्, फास्ट बलर मोहम्मद सिराज । भारतीय टिमको त्यस जितका एक नायक उनी पनि थिए ।
अहिलेसम्म भएका दुई टेस्टमा उनले ११ विकेट लिइसकेका छन् । यी विकेट पनि निर्णायक मोडमा प्राप्त भएका हुन् । त्यसैले भारतीय टिमका लागि उनी निकै उपयोगी बलर सावित भइरहेका छन् । भारतीय टिममा उनको प्रवेश भएको पनि लामो समय भएको छैन्, भारतले अष्ट्रेलियाको भ्रमण गर्दा उनले पहिलो पल्ट खेल्न पाएका थिए ।
तर यति छोटो समयमै उनी भारतीय टिमका प्रमुख खेलाडी भएका छन् र यसलाई एक प्रकारले भारतीय टेस्ट टिममा सिराजको उदयका रूपमा पनि हेर्न सुरु भएको छ । विराट कोहलीको नेतृत्वमा अहिले भारतीय टिम निकै आक्रामक छ, विपक्षी टिमलाई दबाबमा राख्न उसले जे पनि गर्न पछाडि पर्दैन्, अपशब्द प्रयोग गर्न समेत ।
धेरैलाई भारतीय टिमको यो प्रवृत्ति मन परेको छैन् । तर यो नै पछिल्लो समय भारतीय टिमको छाडेको छाप हो । यसकै एक भाग सिराज पनि हुन् । पछिल्लो समय उनले प्रत्येक विकेट पछि विपक्षी खेलाडीलाई चुप रहन संकेत गरिरहेका छन् । विकेट लगतै उनको औंला चुप लाग्ने संकेतका रूपमा मुखमा पुग्ने गर्छ । यसक्रममा उनको अनुहारमा चर्को आक्रोस देखिन्छ ।
त्यसको अर्थ सायद विपक्षी ब्याट्सम्यानलाई यस्तो भन्न खोजेको हो, ‘तिमी आउट भयौं, अब खुरुखुरु पेभिलियन फर्कनु ।’
–द गार्डियनको सहयोगमा ।