काठमाडौं । इंग्ल्यान्डले ब्याट्सम्यान डाविड मालनलाई भारतविरुद्धको तेस्रो टेस्टका लागि टिममा बोलाएको छ ।
इंग्ल्यान्डले लिड्समा हुने तेस्रो टेस्टका लागि मालनलाई टिममा बोलाएको हो ।
इंग्ल्यान्ड र भारतबीचको तेस्रो टेस्ट बुधबार सुरु हुनेछ ।
३३ वर्षीय मालनले पछिल्लो पटक इंग्ल्यान्डका लागि सन् २०१८ मा टेस्ट खेलेका थिए ।
इंग्ल्यान्डले घोषणा गरेको १५ सदस्यीय टिमबाट डोम सिब्ली र ज्याक क्रली बाहिरिएका छन् ।
इंग्ल्यान्डले भारतसँग पाँच खेलको टेस्ट सिरिज खेलिरहेको छ ।
सिरिजमा भारत १-० ले अघि रहेको छ ।
वर्षाको कारण पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
दोस्रो टेस्टमा भारतले १ सय ५१ रनको जित निकालेको थियो ।