काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत सानका प्रशासकीय अधिकृत स्व. विकासविक्रम शाहको परिवारलाई बुधबार आर्थिक सहयोग प्रदान गरिएको छ ।
राखेपमा कार्यरत स्थायी कर्मचारीहरुको जेठ महिनाको तलबबाट १.५ प्रतिशत रकम कट्टा गरी संकलन भएको २ लाख ५७ हजार ८७ रुपैयाँ स्व. शाहको परिवारलाई प्रदान गरिएको हो ।
राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले स्व. शाहका भाइ विशालविक्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । शाहको गत चैत १६ गते निधन भएको थियो ।