काठमाडौं । न्युजिल्याण्डकी केटि साड्लर कमनवेल्थ गेम्स फेडेरेसनको प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्त भएकी छिन् ।
फेडेरेसनले मंगलबार सिइओमा केटिलाई नियुक्त गरिएको जनाएको छ ।
केटि कमनवेल्थ गेम्सको सिइओ नियुक्त हुने पहिलो महिला हुन् ।
५७ वर्षिया केटि हाल विश्व रग्बी अन्तर्गत महिला रग्बीको महाप्रबन्धक रहेकी छिन् ।
अब केटि सन् २०२२ को कमनवेल्थ गेम्समा सिइओको भूमिकामा देखिने छिन् ।
पछिल्लो सात वर्षबाट सिइओ रहेका डेभिडले पद छाडेपछि केटिलाई नियुक्त गरिएको हो ।
पूर्व पौडी खेलाडी समेत रहेकी केटिले सन् १९८४ को ओलम्पिक खेलेकी थिइन् ।
यस्तै १९८६ को कमनवेल्थ गेम्समा कास्य पदक जितेकी थिइन् ।